नेपाल सरकार वातावरण मन्त्रालय
मुख्य पृष्ठअन्तर्राष्ट्रिय ऐजेन्सी डाउनलोड गुनासो र सुझाव  सम्पर्क   English Version   

मन्त्रालय
मन्त्री ज्यूको निजि सचिवालय
हाम्रो वारेमा
उदेश्य
कार्यहरु
नागरिक वडापत्र
संगठनात्मक संरचना
वाषिक योजना कार्य प्रगती
सम्पादित मुख्य कार्यहरु
कर्मचारी विवरण
वातावरण   bull  ग्रिन
  bull  ब्राउन
पूस्तकालय
ऐन, नीति, नियमावली, कार्य तथा रिपोर्ट
जैविक प्रविधि नीती २०६३
ग्रामिण उर्जा नीति २०६३
वातावरणीय प्रभाब मूल्याकन (EIA)
अन्य महत्वपूर्ण लिंक‌
नेपाल सरकारको वेब पोर्टल
सुचना तथा स‌चार मन्त्रालय
अन्य सरकारी वेब साइट
सार्क डकुमेन्टेशन केन्द्र
सरकारी समाचारका वेब साइट




मुख्य पृष्ठ » मन्त्रालय » हाम्रो वारेमा
हाम्रो वारेमा

स्थापना
 

मानव जाति, जीवजन्तु, वनस्पति, प्रकृति तथा भौतिक वस्तु माथि वातावरणको प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । मानव जातिले आफ्ना भौतिक आवश्यकता पुरा गर्ने क्रममा निर्माण गर्ने विभिन्न संरचना आदिले गर्दा पनि वातावरणीय सन्तुलनमा प्रतिकूल असर पर्दछ । वर्तमानका पुस्ताले पछि आउने पुस्तालाई स्वस्थ्य पृथ्वी हस्तान्तरण गर्नु पर्दछ भन्ने दिगो विकासको मूल मर्म र भावनालाई आत्मसाथ गर्दा मानवीय क्रियाकलापका हरेक आयाम कुनै न कुनै रुपमा वातावरणसंग गांसिएको  हुन्छ । तर्सथ वातावरणको संरक्षण, प्रदुषणको रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सम्पदाको संरक्षणका साथै नेपालले क्षेत्रीय तथा अन्तर्रर्ााट्रय रुपमा गरेका प्रतिवद्धताहरु प्रभावकारी कार्यान्वयनको लागि कार्यकारी निकायको आवश्यकता बोध गरी वि.स.२०५२ सालमा जनसंख्या तथा वातावरण मन्त्रालयको स्थापना गरिएको थियो । वि.स.२०६१ चैत्रमा तत्कालिन जनसंख्या तथा वातावरण मन्त्रालय खारेज भई सो मन्त्रालयको वातावरण महाशाखा विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिई वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय कायम हुन आएको थियो । नेपाल सरकार (कार्य विभाजन दोश्रो संशोधन) नियमावली, २०६६ स्वीकृत भई हाल वातावरण मन्त्रालय गठन भएको छ । नेपाल सरकार कार्य विभाजन दोस्रो संशोधन नियामावली, २०६६ बमोजिम गठित मन्त्रालयको संगठन संरचना स्वीकृत गर्ने अख्तियारी मन्त्रिपरिषद्, समितिलाई प्रत्यायोजना भए बमोजिम समितिको मिति २०६६।३।७ को निर्णानुसार सामान्य प्रशासन मन्त्रालयबाट संगठन तथा व्यवस्थापन र्सर्वेक्षण (O & M) गरेपछि सोहि बमोजिम हुने गरी भनि हाललाई वातावरण मन्त्रालयमा  जम्मा ६३ दरवन्दी स्वीकृत भई आएको छ ।































Copyright 2006  |  All Rights Reserved  |  Ministry of Environment
Best viewed in 1024 x 768 px screen resolution
webmaster@moenv.gov.np