|
नेपाल सरकार
(कार्य विभाजन)
नियमावली, २०६६ अनुसार वातावरण मन्त्रालयले सम्पादन गर्नु पर्ने कार्यहरु
निम्न विषयहरुसंग सम्वन्धित रहेका छन् ।
१)
वातावरण सम्बन्धी नीति, योजना
तथा कार्यक्रमको
तर्जुमा, कार्यान्वयन
अनुगमन र मूल्याङ्कन,
२)
वातावरण विषयक, अध्ययन तथा अनुसन्धान
र्सर्वेक्षण,
तालिम र राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठी, सम्मेलन
आदि,
३)
वातावरण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राट्रय संस्थाहरुसँग
सर्म्पर्क, समन्वय,
४)
प्रदुषण नियन्त्रण, वातावरण संरक्षण र
सन्तुलन,
५)
वातावरण विषयक प्रकाशन एवं प्रचारप्रसार आदि,
६)
सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्वारा कार्यान्वयन गरिएका
वातावरण सम्बन्धी कार्यक्रमहरुको मूल्याङ्कन र समीक्षा ,
७)
वातावरण सम्बन्धी जनशक्तिको
विकास र उपयोग,
८)
वैकल्पिक उर्जा विकास,
९) वातावरण
सम्बद्ध विश्वविद्यालयहरुसँग सर्म्पर्क र समन्वय
र
१०) जल तथा मौसम
विज्ञान विषयक अध्ययन,
अनुसन्धान र भविष्यवाणी,
मन्त्रालयको भूमिका विशेषतः प्रवर्द्धक (Promoter), सहजकर्ता (Facilitator) र नियामक (Regulator) को रुपमा रहेको छ ।
|